०६ साउन २०८३, बुधबार

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

बैशाख ३०, २०८३
काठमाडौं
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् । 

स्मार्ट टेलिकमको सम्पत्ति लिलामी प्रक्रियासँग सम्बन्धित प्रकरणमा मंगलबार राति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । 

पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका– ६ बसपार्क क्षेत्रबाट जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सहयोगमा पक्राउ गरिएको सीआईबीले जनाएको छ । 

स्मार्ट टेलिकमलाई ऋण दिएबापत राखिएको धितो लिलामीका सम्बन्धमा अनुसन्धानका लागि पाण्डेलाई पक्राउ गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्