२४ जेठ २०८३, आइतबार

विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ

बैशाख ३०, २०८३
काठमाडौं
विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ

वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ४४ लाख ४८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका–२ का ३७ वर्षीय सागर गौतम, दाङ घोराही उपमहानगरपालिका–१० का ३२ वर्षीय शम्भु गौतम तथा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–४ का ३७ वर्षीय सनम गुरुङ रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार सागर गौतमले युएई पठाउने भन्दै चार लाख ५८ हजार रुपैयाँ, शम्भु गौतमले न्यूजिल्याण्ड पठाउने भन्दै १५ लाख ९० हजार रुपैयाँ तथा सनम गुरुङले क्यानडा पठाउने भन्दै २४ लाख रुपैयाँ उठाएको र विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्