२४ जेठ २०८३, आइतबार
आईसीसी क्रिकेट विश्वकप लिग–२

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलले बनाए दोस्रो शतक

जेठ २, २०८३
काठमाडौं
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलले बनाए दोस्रो शतक

आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलामा शनिबार जारी अमेरिकाविरुद्धको खेलमा नेपाली टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले उत्कृष्ट शतक बनाएका छन् ।

कुशलले एक सय चार बलको सामना गरी तीन छक्का र १२ चौकाको मद्दतले एक सय रन बनाएका हुन् । २९ वर्षीय कुशलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो दोस्रो शतक हो ।

अर्का ओपनर आसिफ शेख भने ७२ बलमा आठ चौकाको मद्दतले ५८ रन बनाउँदै आउट भएका थिए । नेपालले ३२.३ ओभरमा एक गुमाएर एक सय ६७ रन बनाइसकेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले दिएको एक सय ९६ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ गरिरहेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्