०६ साउन २०८३, बुधबार

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ

जेठ २, २०८३
काठमाडौं
प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ वीरेन्द्रचोक टोल घर भई हाल काठमाडौंको शंखमूल बस्दै आएका २२ वर्षीय प्रकाश खड्का छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नियन्त्रणमा लिएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आजै विज्ञप्तिमार्फत् खड्कालाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको थियो ।

कमेन्ट गर्नुहोस्