०९ साउन २०८३, शनिबार

आर्मीका विधानलाई हराउँदै एपीएफका प्रिन्स दाहालले जिते पुरुष एकलतर्फको उपाधि

जेठ २, २०८३
काठमाडौं
आर्मीका विधानलाई हराउँदै एपीएफका प्रिन्स दाहालले जिते पुरुष एकलतर्फको उपाधि
फाइल फोटो

४२औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको उपाधि प्रिन्स दाहालले जितेका छन् ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार भएको फाइनल खेलमा एपीएफ क्लबका प्रिन्सले त्रिभुवन आर्मी क्लबका विधान अधिकारीलाई हराउँदै उपाधि चुमेका हुन् ।

प्रिन्सले विधानलाई २१–१६ र २१–३ को सोझो सेटमा पराजित गरेका हुन् ।

उक्त स्पर्धामा एपीएफ क्लबका देवराज राना र त्रिभुवन आर्मी क्लबका प्रफुल्ल महर्जन संयुक्त रूपमा तेस्रो भए ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका एक सय १५ खेलाडीले विभिन्न पाँच स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्