०५ साउन २०८३, मंगलबार

तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

जेठ ३, २०८३
काठमाडौं
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा

दाङको दङ्गीशरण गाउँपालिका–१ रामपुरका पाँच जना युवकले सामूहिक तरबुजा खेती गरेका छन् । बबई नदी किनाराको  जग्गामा तरबुजा खेती गरेर उनीहरू आत्मनिर्भर समेत बनेका छन् ।

देशमा नै केही गरौं भनेर सामूहिक खेती थालिएको कृष्ण चौधरीले बताए । आफूहरूले स्वदेशमा नै आत्मनिर्भर हुन सकिन्छ भनेर खेती थालेको उनको भनाइ छ । 

हाल गाउँमै १२ कट्ठा खेतमा आहाना, पूजा, सरस्वती, दिव्या र स्विटहनी  जातका  तरबुजा खेती गरिरहेको उनले  जानकारी दिए । 

हाल आहाना, प्रतिकिलो ८० र स्विटहनी, सरस्वती, पूजा, दिव्या जातका तरबुजा प्रतिकिलो ५० का दरले गाउँमा नै बिक्री भइरहेको छ । गाउँबाटै दैनिक सयदेखि डेढ किलोसम्म बिक्री हुने गरेको छ ।

तरबुजाको याम समाप्त भएपछि बदामलगायत अन्य सागसब्जीखेती गर्ने उनीहरूको योजना  छ । 

salt training

कमेन्ट गर्नुहोस्