२४ जेठ २०८३, आइतबार

भीमदत्तले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

जेठ ३, २०८३
कञ्चनपुर
भीमदत्तले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

कञ्चनपुर जिल्लास्तरीय १६औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि २३ स्वर्णसहित भीमदत्त नगरपालिकाले जितेको छ ।

आज कञ्चनपुरको बेदकोट नगरपालिकास्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा भीमदत्त नगरपालिकाले २३ स्वर्ण, १२ रजत र १० काष्यसहित उपाधि जितेको हो ।

आयोजक जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले यहाँको कृष्णपुर नगरपालिकाले १५ स्वर्ण, छ रजत र ११ कास्यसहित दोस्रो स्थान बनाएको जनाउँदै बेदकोट नगरपालिकाले १० स्वर्ण १३ रजत र ११ कास्यसहित तेस्रो भएको उल्लेख गरे ।

शुक्लाफाँटा नगरपालिकाले सात, पुनर्वास नगरपालिकाले सात, दोधारा–चादँनी नगरपालिकाले दुई र बेलौरी नगरपालिकाले एक स्वर्ण जितेका छन् भने त्यस्तै, लालझाडी र बेल्डाँडी गाउँपालिका स्वर्णविहीन बनेका छन् ।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, एथ्लेटिक्स, कबड्डी र भलिबल खेलमा प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताको १७औं संस्करण आगामी वर्ष दोधारा-चादँनी नगरपालिकामा हुने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्