०४ साउन २०८३, सोमबार

श्रीमानसँगको ‘झगडा’पछि माइती हिँडेकी महिला मृत भेटिइन्

जेठ ५, २०८३
काठमाडौं
श्रीमानसँगको ‘झगडा’पछि माइती हिँडेकी महिला मृत भेटिइन्

श्रीमानसँगको घरायसी झगडापछि माइती जान्छु भनेर हिँडेकी बाजुराकी एक महिला मृत फेला परेकी छन् ।

जगन्नाथ गाउँपालिका-५ गोत्रीकी ३५ वर्षीया लालचुला बुढा शाही मृत फेला परेकी हुन् । उनको शव कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका-२ आमतडास्थित कर्णाली नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी, प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।

उनी गत वैशाख २७ गते श्रीमान सकस बहादुर शाहीसँगको घरायसी झगडापछि माइती जाने भनेर घरबाट निस्किएकी थिइन् । तर उनी माइती पनि नपुगेको र आफन्त, छरछिमेकमा समेत फेला नपरेपछि दाजु  नरबहादुर बुढाले प्रहरी चौकी जुड्डी बाजुरामा खोजतलासका लागि निवेदन दिएका थिए ।

प्रहरी समेतको सहयोगमा खोजतलास गर्ने क्रममा मंगलबार बिहान ९:३५ बजेको समयमा उनको शव नदी किनारमा फेला परेको हो ।

थप अनुसन्धानका लागि घटनास्थलमा कालीकोटबाट प्रहरी टोली खटिएको र आफन्त समेत घटनास्थलमा पुगिसकेका प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्