०९ साउन २०८३, शनिबार

एमाले सांसद नबोलेर रोस्ट्रममा उभिएपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

जेठ ५, २०८३
काठमाडौं
एमाले सांसद नबोलेर रोस्ट्रममा उभिएपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

नेकपा एमालेका सांसद राजेन्द्र राईले सदनमा अर्थमन्त्री नआउँदासम्म नबोल्ने भनेर रोस्ट्रममा उभिइराखेपछि सभामुख डोलप्रसाद अर्यालले मंगलबार दिउँसो चिलरहेको संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले नै उपस्थित नभएको भन्दै सांसद राईले आफूले मन्त्री नआउँदासम्म नबोल्ने भनेर रोस्ट्रममै उभिए ।

सभामुखले समय दिएपछि रोस्ट्रममा पुगेका उनले जसलाई आफूले कुरा सुनाउनुपर्ने हो उही मान्छे संसद्‌मा नभएको, संसदीय थिति र परम्परा अनुसार विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफलमा अर्थमन्त्री हुनैपर्ने भन्दै उनले थप बोलेनन् ।

सभामुख अर्यालले अर्थमन्त्री आउँदै गरेको भन्दै त्यतिन्जेलसम्म बोल्दै गर्न भनेका थिए । सांसद राईलाई ७ मिनेटको समय दिइएको थियो । 

सभामुख अर्यालले अहिलेलाई बोल्दै गर्न र समय गणना अर्थमन्त्री आएपछि मात्र हुने बताए । तर राईले बोल्न नमानेपछि सभामुखले संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराए । 
 

salt training

कमेन्ट गर्नुहोस्