०४ साउन २०८३, सोमबार

विराटनगरमा ग्यास बुलेटको ठक्करबाट दुई जना साइकल‍यात्रीको मृत्यु

जेठ ५, २०८३
विराटनगर
विराटनगरमा ग्यास बुलेटको ठक्करबाट दुई जना साइकल‍यात्रीको मृत्यु

विराटनगरमा ग्यास बुलेटको ठक्करबाट दुई जना साइकलयात्रीको मृत्यु भएको छ ।  

विराटनगर महानगरपालिका-१४ हनुमान मन्दिर अगाडि मंगलबार एएस ०१  एफसी ०९१९  नम्बरको एलपी ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अन्दाजी ४०/४५ वर्षका पुरुष र १३/१४ वर्षकी बालिकाको मृत्यु भएको हो  उनीहरूको पहिचान खुल्न बाँकी रहेको मोरङका प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए । 

प्रहरीका अनुसार दुर्घटनामा दुई जना गम्भीर घाइते भएका थिए । उपचारका लागि कोशी अस्पताल पुर्‍याइएको  थियो । उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो। 

घटनापछि ग्यास बुलेट र चालक भारत घर भएका ४५ वर्षीय रामलाल सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि  आक्रोशित भिडले बुलेटमा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्