२० असार २०८३, शनिबार
संसदमा रस्साकस्सी

अभद्र व्यवहार देखाएको भन्दै सभामुखले दिए हर्क साम्पाङलाई चेतावनी

जेठ ६, २०८३
काठमाडौं
अभद्र व्यवहार देखाएको भन्दै सभामुखले दिए हर्क साम्पाङलाई चेतावनी

प्रतिनिधि सभाको बैठकमा दैनिक प्लेकार्ड देखाएर अभद्र व्यवहार गरेको भन्दै सभामुख डोलप्रसाद अर्यालले हर्क साम्पाङ (अध्यक्षसहित) श्रम संस्कृति पार्टीका सांसदलाई चेतावनी दिएका छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा सभामुखले शुरूमा मर्यादा कायम गर्न आग्रह गर्दै चेतावनी दिएका हुन् ।

'प्रतिनिधि सभाको मर्यादा कायम गर्नु सबैको कर्तव्य हो । नियम २० को खण्ड (झ) बमोजिम आग्रह गर्दछु । यस्तै, नियम ३० मा रहेको व्यवस्थातर्फ ध्यानाकर्षण गराउँछु,' अर्यालले भने, 'श्रम संस्कृति पार्टीका सांसद हर्क राईसहितका सांसदले नियमित रूपमा संसदमा प्लेकार्ड र अभद्र व्यवहार देखाएकाले व्यवहार सच्चाउन नियम ३० अनुसार चेतावनी दिन्छु ।'

प्रतिनिधिसभा नियमावली २०७९ को नियम ३० मा अभद्र व्यवहार गर्ने सदस्यलाई सभामुखले चेतावनी दिन सक्ने व्यवस्था छ । त्यसपछि तुरुन्तै सदस्यले आफ्नो व्यवहार सच्च्याउनुपर्छ ।

सो चेतावनीलाई अवज्ञा गरेमा बैठक कक्षबाटै बाहिर निकाल्न सक्ने व्यवस्था नियम ३१ मा गरिएको छ ।

सभामुखको चेतावनीपछि पनि श्रम संस्कृति पार्टीका सांसदले संसदमा प्लेकार्ड देखाएर विरोध गरेका थिए । साम्पाङले आफूहरूले सरकारका मन्त्रीहरूको जवाफ खोजेकाले जवाफ नआउँदासम्म विरोध कायम राख्ने बताए ।

उनीहरूले ३ दिनदेखि लगातार संसदमा प्लेकार्ड प्रदर्शन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्