
बाँकेमा बलात्कारको आरोपमा २ जना पक्राउ परेका छन् ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका- ४ बेलनपुर बस्ने २६ वर्षीय रैबर खानलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
खानले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी बिट मदन चोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बैजनाथ गाउँपालिका २ छमनिया गाउँ बस्ने २२ वर्षीय फुलसिंह थारू पनि पक्राउ परेका छन् । उनलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई बैजनाथ गाउँपालिका- ५ बनकटुवा चोकबाट पक्राउ गरेको हो ।
दुवै घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।