२७ जेठ २०८३, बुधबार

दर्शकमाझ जम्दै ‘कमेडी दरबार’, नयाँ ढाँचा र कलाकारसहित शोको पुनरागमन

जेठ ६, २०८३
काठमाडौं
दर्शकमाझ जम्दै ‘कमेडी दरबार’, नयाँ ढाँचा र कलाकारसहित शोको पुनरागमन

लोकप्रिय नेपाली हास्य कार्यक्रम ‘कमेडी दरबार’को तेस्रो सिजन यतिबेला दर्शकमाझ चर्चाको केन्द्र बनेको छ । 

पहिलो र दोस्रो सिजनको सफलतापछि थप परिमार्जित स्वरूपमा प्रस्तुत गरिएको सिजन-३ ले शुरूआती एपिसोडदेखि नै सकारात्मक प्रतिक्रिया पाइरहेको देखिन्छ । 

नयाँ सेट, नयाँ अनुहार, नयाँ प्रस्तुति शैली र परिमार्जित फर्म्याटका कारण कार्यक्रमले दर्शकको ध्यान खिच्न सफल भएको छ । शो वैशाख ४ गतेदेखि हरेक हप्ता प्रसारण भइरहेको छ । 

पछिल्ला केही वर्षमा नेपालमा हास्यप्रधान टेलिभिजन तथा डिजिटल सामग्रीको लोकप्रियता बढिरहेका बेला ‘कमेडी दरबार’ले आफ्नो छुट्टै दर्शक वर्ग निर्माण गर्न सफल भएको छ ।

विशेषगरी पारिवारिक मनोरञ्जनलाई केन्द्रमा राख्दै हास्य, व्यंग्य र समसामयिक विषयलाई मिसाएर प्रस्तुत गरिने शैलीका कारण शोले छोटो समयमै लोकप्रियता कमाएको हो । यही लोकप्रियतालाई निरन्तरता दिने उद्देश्यसहित तेस्रो सिजनलाई अझ भव्य र आकर्षक बनाउने प्रयास गरिएको निर्माण टिमको भनाइ छ । 

null

यसपटकको सिजनमा सेट डिजाइनदेखि प्रस्तुति शैलीसम्म उल्लेखनीय परिवर्तन गरिएको छ । अघिल्ला सिजनको तुलनामा दृश्यात्मक पक्षलाई थप बलियो बनाइएको छ भने कथ्य र हास्य प्रस्तुतिमा पनि नयाँ प्रयोग गरिएको देखिन्छ । शोलाई अझ ‘ग्राण्ड’ बनाउने उद्देश्यसहित कलाकारको लाइनअप, दृश्य संरचना तथा प्रस्तुति प्रणालीमा सुधार गरिएको छ । 

डिजिटल प्लेटफर्ममा ओएसआर रियालिटीमार्फत् प्रसारण भइरहेको ‘कमेडी दरबार’ सिजन थ्रीको टेलिभिजनमा पनि नियमित प्रसारण भइरहेको छ । कार्यक्रम हरेक साता प्राइम टेलिभिजनमार्फत दर्शकमाझ पुगिरहेको छ ।

डिजिटल र टेलिभिजन दुवै माध्यम प्रयोग गरिएकाले शोले फराकिलो दर्शक वर्गसम्म पहुँच बनाएको देखिन्छ । विशेषगरी युट्युब प्लेटफर्ममा एपिसोड सार्वजनिक भएसँगै दर्शक प्रतिक्रिया, टिप्पणी तथा सामाजिक सञ्जालमा हुने छलफलले कार्यक्रमप्रति बढ्दो चासो देखाइरहेको छ । 

null

तेस्रो सिजनको अर्को विशेषता भनेको नयाँ कलाकारको आगमन हो । यसपटक सन्तोष थापा, दिनेश काफ्ले र सुजन जिम्बा नयाँ कमेडियनका रूपमा जोडिएका छन् । नयाँ पुस्ताका हास्य कलाकारलाई अवसर दिँदै कार्यक्रमले नयाँ ऊर्जा थप्ने प्रयास गरेको देखिन्छ । उनीहरूसँगै अघिल्ला सिजनमा दर्शकमाझ लोकप्रिय बनेका कलाकारहरू पनि निरन्तर छन्, जसले पुराना दर्शकलाई जोडिराख्न मद्दत पुर्‍याएको छ ।

कार्यक्रमको प्रस्तुति शैलीमा परिवर्तनसँगै शोको विशेष भूमिकामा रहेका पात्रहरूको उपस्थितिले पनि चर्चा पाएको छ । निर्माण टिमले हास्यलाई केवल मनोरञ्जनमा सीमित नराखी सामाजिक सन्देश, समसामयिक प्रसंग र जनजीवनसँग जोडिएका विषयलाई व्यंग्यात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरिरहेको देखिन्छ । 

null

दर्शक प्रतिक्रिया हेर्दा पनि शोले सकारात्मक संकेत पाएको देखिन्छ । सामाजिक सञ्जालमा एपिसोडका क्लिपहरू भाइरल भइरहेका छन् भने दर्शकहरूले नयाँ सेट, प्रस्तुति शैली र नयाँ कलाकारको कामको प्रशंसा गरिरहेका छन् । 

केही दर्शकले पुरानो स्वाद कायम राख्दै नयाँपन थपिएको प्रतिक्रिया दिएका छन् भने कतिपयले अझ धारिलो हास्य सामग्रीको अपेक्षा गरेका छन् । समग्रमा भने तेस्रो सिजनले अपेक्षाअनुसारको शुरूआत गरेको छ । 

null

कार्यक्रमलाई व्यावसायिक रूपमा समेत सशक्त बनाउने प्रयास देखिएको छ । यस सिजनमा विभिन्न ब्रान्डहरूको सहकार्य र प्रायोजनसमेत जोडिएको छ । तेस्रो सिजनमा अनलाइन मिडिया पार्टनरका रूपमा लोकान्तर डट्कम समेत जोडिएको छ । 

नेपालमा हास्यप्रधान टेलिभिजन कार्यक्रमको प्रतिस्पर्धा बढिरहेका बेला ‘कमेडी दरबार’ले आफ्नो मौलिक शैली कायम राख्दै दर्शकलाई निरन्तर मनोरञ्जन दिइरहने जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्