
सशस्त्र प्रहरीको तालिमका क्रममा सात जना जवान बेहोस भएका छन् ।
कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व तथा औद्योगिक तालिम शिक्षालयमा सात जवान बेहोस भएका हुन् ।
बेहोस भएकामध्ये ५ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत् सुर्खेत लगिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार २ जनाको अवस्था सामान्य छ ।
उनीहरू सशस्त्र प्रहरी जवानको आधारभूत तालिमका प्रशिक्षार्थी हुन् ।
दुई सय मिटर दौडका क्रममा उनीहरू बेहोस् भएका हुन् ।