
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरेको छ ।
गैरकानूनी रूपमा पक्राउ गरी थुनामा राखेको भन्दै प्रसाईंको तर्फबाट दाएर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले परमादेश समेत जारी गरेको हो ।
सर्वोच्चले प्रसाईंमाथि दोस्रो पटक म्याद थप भएको मितिसम्म अनुसन्धान सक्न आदेश गरेको छ ।
‘अनुसन्धानको सिलसिलामा साधिकार निकायबाट यी निवदेकलाई पक्राउ गरी अदालतबाट पक्राउ पुर्जीको स्वीकृति एवं म्याद थप अनुमतिसमेत प्राप्त गरी न्यायिक हिरासतमा राखेको कार्यलाई गैरकानूनी थुना भन्न मिल्ने नदेखिँदा निवेदन माग बमोजिम बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न मिल्ने देखिन आएन,’ सर्वोच्चको आदेशमा भनिएको छ।
तर सर्वोच्चले दुई पटक गरी सात दिन म्याद थप भइसकेकाले प्रसाईंलाई थप थुनामा राख्नुपर्ने कारण नभएको भन्दै तेस्रो पटक म्याद थप नगर्न परमादेश जारी गरेको छ।
यस्तो छ आदेश :