२४ जेठ २०८३, आइतबार

ओलीको राजीनामा माग्नेहरू अपराधी हुन्- महेश बस्नेत

जेठ ९, २०८३
काठमाडौं
ओलीको राजीनामा माग्नेहरू अपराधी हुन्- महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने नेताहरूलाई ‘अपराधी’को संज्ञा दिएका छन् ।

अध्यक्ष ओलीको निवास गुन्डु भक्तपुरमा बसेको शनिबारको सचिवालय बैठकमा सचिव बस्नेत ओलीका पक्षमा दृढ रूपमा प्रस्तुत भएका हुन् ।

जारी सचिवालय बैठकमा शुक्रबार उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त, गोकर्ण विष्टलगायतले ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताएका थिए ।

शुक्रबारको बैठकमा उपाध्यक्ष रामबहादुर थापाले मात्र नेतृत्वको बचाउ गर्नुपर्ने बताएका थिए ।

शनिबारको बैठकमा सचिव बस्नेतले मात्रै ओलीको बचाउ गरे । 

‘संकटको बेला नेतृत्वलाई संरक्षण गरेर अघि बढ्नुपर्छ । यस्तो बेला नेतृत्वको राजीनामा माग्नेहरू अपराधी हुन्’, महेशलाई उदृत गर्दै एमालेका एक पदाधिकारीले भने ।

बैठकमा महासचिव शंकर पोखरेलसहितका नेताहरूले अहिलेकै नेतृत्वबाट पार्टी चल्न नसक्ने भन्दै पुनर्गठन गरेर जानुपर्ने बताएका थिए ।

उनीहरूले ओलीबाट अब पार्टी नचल्ने भन्दै मार्गप्रशस्त गर्न सुझाएका थिए । महासचिव शंकर पोखरेलले पनि शुक्रबार उपाध्यक्षहरूकै भनाइमा लय मिलाएर ओलीको बहिर्गमन हुनुपर्ने संकेत गरेका थिए ।

‘महासचिवले पनि हिजो उपाध्यक्षहरूले बोलेकै लाइनमा बोल्नुभयो । उहाँले राजीनामा भन्ने शब्द त प्रयोग गर्नुभएन तर अब अहिलेकै नेतृत्वबाट पार्टी र आन्दोलन अघि बढ्न नसक्ने कुरा राख्नुभयो’, बैठकमा सहभागी एक पदाधिकारीले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्