२७ जेठ २०८३, बुधबार

'रानीफूलैमा'बाट मोडलिङमा अस्मिताको 'इन्ट्री'

जेठ १०, २०८३
काठमाडौं
'रानीफूलैमा'बाट मोडलिङमा अस्मिताको 'इन्ट्री'

 नेपाली मोडलिङ क्षेत्रमा नयाँ प्रतिभाको रूपमा अस्मिता बुढा मगरको प्रवेश भएको छ। म्युजिक भिडियो 'रानीफूलैमा' मा उनको पहिलो अभिनय रहेको छ । 

रोल्पामा जन्मिएकी अस्मिता आफूले यही क्षेत्रमा भविष्य बनाउन चाहेको बताइन् । यही सपना बोकेर रोल्पाबाट सपना बोकेर काठमाडौँ बताउने उनले पहिलो अवसर रानीफूलैमा पाएको बताइन् । उक्त गीत शुक्रबार रिलिज भएको थियो । 

'पहिलो पटक मोडलिङ गरेको गीतलाई नै दर्शक र श्रोताहरूले यति धेरै मन पराइदिनुहुन्छ भन्ने सोचेकी थिइनँ,' अस्मिताले भनिन्, 'यस सफलताले मलाई कला क्षेत्रमा अझै मेहनत गर्ने प्रेरणा दिएको छ।'

सार्वजनिक भएको दुई दिनमै गीतले १ लाख ६० हजार भन्दा बढी भ्युज बटुलिसकेको छ । दीपक घर्ती मगरको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा निता थापा मगर, कमल घर्ती मगर, सुनिता थापा र दीपककै स्वर रहेको छ । 

सिद्धार्थ आले मगर र कमल घर्ती मगरको लिरिक्स रहेको गीतमा कमल घर्ती मगरकै संगीत रहेको छ ।  गीतमा अस्तिमा बाहेक अजय पुन मगर, दीपक घर्ती मगर र पुष्पा  सेन्चुरीले समेत अभिनय गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्