२९ असार २०८३, सोमबार
एमाले बैठक

एमाले बैठकमा ओलीले भने– अब जिल्ला–जिल्लामा पुगेर कार्यकर्तामा ऊर्जा भर्छु

जेठ १०, २०८३
काठमाडौं
एमाले बैठकमा ओलीले भने– अब जिल्ला–जिल्लामा पुगेर कार्यकर्तामा ऊर्जा भर्छु

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अब जिल्ला–जिल्लामा पुगेर कार्यकर्तामा ऊर्जा भर्ने बताएका छन् ।

भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा आइतबार बसेको सचिवालय बैठकमा बोल्दै ओलीले आफ्नो स्वास्थ्य अवस्था ९८ प्रतिशत सुधार भइसकेको बताउँदै अब देशका प्रत्येक जिल्ला र प्रदेशमा पुगेर कार्यकर्तालाई सक्रिय बनाउने बताएका हुन् । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी सचिव महेश बस्नेतले अध्यक्ष ओलीले बैठकको सुरुवात र समापन दुवै समयमा पार्टीभित्र बलियो एकताको आवश्यकता औँल्याएको जानकारी दिए । 

'अब म जिल्ला–जिल्ला पुगेर कार्यकर्ताको ऊर्जा जगाउँछु,' ओलीलाई उद्धृत गर्दै बस्नेतले भने । 

ओलीले भियतनामी नेता हो चि मिन्हको चर्चित भनाइ ‘एकता, एकता र फेरि पनि एकता’ उद्धृत गर्दै अहिले एमालेलाई अभूतपूर्व एकताको खाँचो रहेको बताएको समेत बस्नेतको भनाइ थियो । 

पार्टीभित्र अध्यक्ष ओली अल्पमतमा परेको र राजीनामा मागिएको भन्ने चर्चा बाहिर रहेपनि त्यसमा सत्यता नरहेको बस्नेतले जिकिर गरे ।  पार्टीभित्र बहस र छलफल हुनु स्वाभाविक भए पनि त्यसलाई विद्रोह वा फुटका रूपमा व्याख्या गर्नु गलत भएको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्