२४ जेठ २०८३, आइतबार

साफ महिला च्याम्पियनसिप-२०२६ : नेपाल आज गोवामा भुटानसँग भिड्दै

जेठ ११, २०८३
काठमाडौं
साफ महिला च्याम्पियनसिप-२०२६ : नेपाल आज गोवामा भुटानसँग भिड्दै

साफ महिला च्याम्पियनसिप–२०२६ को उद्घाटन खेलमा सोमबार नेपालले भुटानको सामना गर्दैछ । खेल भारतको गोवास्थित जवाहारलाल नेहरु स्टेडियममा दिउँसो ४:४५ बजे शुरू हुनेछ ।

साफ च्याम्पियनसिपका लागि अञ्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोलीको घोषणा गरिएको छ । टोलीमा अञ्जना राना मगर, उषा नाथ, पूजा राना, गीता राना र विमला बिक रहेका छन् ।

यसैगरी, हिरा कुमारी भुजेल, प्रतीक्षा चौधरी, समीक्षा घिमिरे, निशा थोकर, सविना चौधरी, रेनुका नगरकोटी, दीपा शाही, प्रिती राई, सुरु लिम्बु र बिर्सना चौधरीले पनि टोलीमा स्थान पाएका छन् ।

यसैगरी, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मीना देउवा पनि टोलीमा छन् ।

जुन ५ तारिखसम्म चल्ने साफ महिला च्याम्पियनसिपको आगामी संस्करणमा दक्षिण एसियाका ६ वटा टोली सहभागी छन् ।

नेपाल प्रतियोगिताको समूह ‘ए’मा परेको छ । उक्त समूहमा श्रीलंका र भुटान पनि छन् । समूह ‘बी’मा भने भारत, बंगलादेश र माल्दिभ्स रहेका छन् ।

नेपाली टोलीले आफ्नो दोस्रो खेल मे ३१ तारिखमा श्रीलंकासँग खेल्नेछ । प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ यसपटक पनि नेपाली टोलीमा छैनन् । घुँडाको शल्यक्रियापछि उनी अझै उपचारकै क्रममा छन् ।

salt training

कमेन्ट गर्नुहोस्