०५ साउन २०८३, मंगलबार

मिस नेपालसँग 'डाइन विथ द डिभाज' अभियान सार्वजनिक, यस्ता छन् सर्त

जेठ ११, २०८३
काठमाडौं
मिस नेपालसँग 'डाइन विथ द डिभाज' अभियान सार्वजनिक, यस्ता छन् सर्त

'द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजक कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो विशेष उपभोक्ता अभियान 'डाइन विथ द डिभाज–एन इभिनिङ विथ मिस नेपाल’ सार्वजनिक गरेको छ ।

यस अभियानले मिस नेपाल अडिसन आयोजना हुने प्रमुख शहरका जोडीहरूलाई वर्तमान मिस नेपाल डिभाहरूसँग विशेष डिनरको अविस्मरणीय अनुभव बटुल्ने अनुपम अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यस अभियानमा सहभागी हुन ग्राहकले अभियान अवधिभर एकै पटकको खरिदमा न्यूनतम् १ हजार वर्ग फिट कजारिया टायल्स खरिद गर्नुपर्नेछ ।

मिस नेपालको क्षेत्रीय अडिसन टुरसँग जोड्दै ल्याइएको यो योजना अडिसन हुने सात शहरहरू: नेपालगन्ज, बिर्तामोड, इटहरी, पोखरा, बुटवल, जनकपुर र काठमाडौंमा खरिद गर्ने जोडीहरूका लागि मात्र लागू हुनेछ ।

अभियानको शुभारम्भका अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका प्रवक्ताले भने, 'मिस नेपालसँगको हाम्रो साझेदारीले भव्यता र आधुनिक उत्कृष्टतालाई उजागर गर्दछ । 'डाइन विथ द डिभास’मार्फत् हामी यो उत्सवलाई हाम्रा ग्राहकहरूसम्म सिधै पुर्‍याउन चाहन्छौं । आफ्नो घर तथा कोठाहरू सजाउनका लागि कजारिया रोज्नुहुने हाम्रा ग्राहकहरूप्रति कृतज्ञता स्वरूप हामी उहाँहरूलाई एक अविस्मरणीय जीवनशैलीको अनुभव प्रदान गर्न चाहन्छौं ।'

null

salt training

कमेन्ट गर्नुहोस्