२३ जेठ २०८३, शनिबार

आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा करोडौँको अवैध भेपको गोदाम, प्रहरीको छापापछि खुल्यो पोल

जेठ १२, २०८३
काठमाडौं
आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा करोडौँको अवैध भेपको गोदाम, प्रहरीको छापापछि खुल्यो पोल

लामो समयदेखि भन्सार र राजश्व नतिरेरै भेपको अवैध व्यापार गर्दै आएका ललितपुरको महालक्ष्मी नगरपालिका–८ का नविन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालमा भेपको व्यापार प्रतिबन्ध छ । तर, खड्काले निर्बाध रूपमा भेपको अवैध कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । 

खड्काले काठमाडौंको खिचापोखरीस्थित आरबी कम्प्लेक्सको अण्डरग्राउण्डमा स्माइल योर च्वाईस नामक पसल सञ्चालन गर्दै आएका थिए । उनले गोदामको रूपमा कम्प्लेक्सकै अर्को भवनमा दुई वटा कोठा प्रयोग गर्दै आएका थिए । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार व्यापारी खड्काले बिलबिजकबिनै अवैध रूपमा भेपको कारोबार गर्दै आएको सूचना पाएपछि प्रहरीले खानतलासी गरेको थियो । 

खानतलासीका क्रममा कोठामा स्टोर गरि राखिएको २८ हजार पाँच सय पिस भेप भेटिएको थियो । उक्त भेपको मूल्य अहिले करिब ६ करोड रुपैयाँ रहेको प्रहरी दाबी छ ।

‘नेपालमा भेपको कारोबार अवैध छ, खड्काले अवैध रूपमा भेपको कारोबार गरिरहेको सूचना पायौँ, छापा मार्दा करोडौँको भेप बरामद भयो,’ एसएसपी खड्काले लोकान्तरसँग भने, ‘अब बरामद गरिएको भेप र पक्राउ परेका खड्कालाई राजश्व अनुसन्धान कार्यालय वा भन्सार विभागमध्ये एउटा निकायमा बुझाउने तयारीमा छौँ ।’

salt training

कमेन्ट गर्नुहोस्