
अर्घाखाँचीमा जंगली च्याउ खाँदा एक महिलाको मृत्यु भएको छ ।
जंगली च्याउ खाएर बिरामी परेकी शितगंगा नगरपालिका–१३, जौंबारीकी ४७ वर्षीया मनकला भुसालको उपचारको क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए ।
यही जेठ ६ गते जंगलबाट च्याउ ल्याएर खाएपछि मनकला बिरामी परेकी थिइन् । लगातार बान्ता भएपछि उनलाई शुरूमा स्थानीय अस्पतालमा लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।
उनको मंगलबार प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक शर्माले बताए ।
उनका अनुसार घरका अन्य सदस्यहरूको अवस्था भने सामान्य रहेको छ ।