
सरकारले चालु आवमा नेपालीको प्रतिव्यक्ति आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो उल्लेख गरेका हुन् ।
चालु आवमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान समेत अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे ।
चालु आवमा आर्थिक वृद्धिदर ३.८५ प्रतिशत पुग्ने अनुमान छ,' अर्थमन्त्री वाग्लेले भने, 'मुलुकको कुल गार्हस्थ उत्पादन ६६ खर्ब र नेपालीको प्रतिव्यक्ति आय १ हजार ५३५ अमेरिकी डलर पुग्ने अनुमान छ ।'