३२ असार २०८३, बिहीबार

सरकारी सेवामा महिला कर्मचारीको सङ्ख्या ३० प्रतिशत पुग्यो, समावेशी विज्ञापनबाट २६ हजार सिफारिश

जेठ १३, २०८३
काठमाडौं
सरकारी सेवामा महिला कर्मचारीको सङ्ख्या ३० प्रतिशत पुग्यो, समावेशी विज्ञापनबाट २६ हजार सिफारिश

सरकारी सेवामा महिला कर्मचारीको संख्या ३० प्रतिशत पुगेको छ । २०६५ सालमा १२ प्रतिशतमा रहेको यो संख्या २०८२ फागुनमा ३० प्रतिशत पुगेको हो ।

बुधबार अर्थमन्त्रीले संसद्‌मा पेश गरेको आर्थिक सर्वेक्षणले सरकारी सेवामा महिला कर्मचारीको संख्या उल्लेख्य बढेको देखाएको हो । ‘सरकारी सेवामा महिला कर्मचारीको सङ्ख्या वृद्धि हुँदै गएको छ । २०६५ असारसम्म निजामती सेवामा महिलाको सङ्ख्या १२ प्रतिशत रहेकोमा २०८२ फागुनसम्म निजामती किताबखानामा दर्ता भएका तीन तहका सरकारी निकायमा कार्यरत महिला कर्मचारीको सङ्ख्या ३० प्रतिशत पुगेको छ,’ आर्थिक सर्वेक्षणमा भनिएको छ ।

यस्तै समावेशी व्यवस्था लागू भएपछि समावेशी विज्ञापनबाट २६ हजार बढी उम्मेदवार सरकारी सेवामा सिफारिश भएको सरकारको तथ्याङ्क छ । ‘समावेशी पदपूर्ति व्यवस्था लागू भएको आर्थिक वर्ष २०६४/६५ देखि २०८१/८२ सम्म विभिन्न समावेशी समूहको विज्ञापनबाट जम्मा २६ हजार २ सय ७४ जना उम्मेदवार सिफारिस भएका छन्,’ आर्थिक सर्वेक्षणमा भनिएको छ ।

सरकारले चालु आर्थिक वर्षको फागुनसम्म सङ्घीय सरकारका विभिन्न निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भई निजामती सेवा अन्तर्गतका विभिन्न सेवा, समूह र श्रेणीतर्फ ५० हजार ७ सय ६८ दरबन्दी कायम भएको जनाएको छ ।

यस्तो दरबन्दी सङ्ख्या २०८२ असारमा ५१ हजार ४ सय ५ रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्