
सरकारको स्वामित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा र १६ वटा नोक्सानीमा रहेका छन् ।
बुधबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०८१/८२ मा सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा, १६ वटा नोक्सानीमा र २ वटा बन्द अवस्थामा रहेका छन् ।
सार्वजनिक संस्थानहरूको नाफा–नोक्सानी संरचनामा अघिल्लो वर्षको तुलनामा सामान्य गिरावट देखिएको छ ।
अघिल्लो वर्ष २८ वटा संस्थान नाफामा र १५ वटा नोक्सानीमा रहेका थिए । यी सार्वजनिक संस्थानमा कूल ७ खर्ब ९८ अर्ब ५६ करोड रूपैयाँ लगानी रहेको छ ।
सोमध्ये ३ खर्ब ७० अर्ब २५ करोड रूपैयाँ शेयर लगानी र ४ खर्ब २८ अर्ब ३१ करोड रूपैयाँ ऋण लगानी रहेको छ ।