३२ असार २०८३, बिहीबार

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच टेलिफोन वार्ता

जेठ १४, २०८३
काठमाडौं
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच आज टेलिफोन वार्ता भएको छ।

कुराकानीका क्रममा उपविदेशमन्त्री हुकरले खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाई दिँदै नेपाल सरकारसँग निकट रहेर काम गर्ने अमेरिकी सरकारको प्रतिबद्धता दोहोर्‍याएको परराष्ट्र मन्त्रालयले एक्समार्फत जानकाररी गराएको छ । मन्त्री खनालले बधाईका लागि धन्यवाद ज्ञापन गर्दै नेपालको समग्र विकासमा अमेरिकाले पुर्‍याउँदै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे । 

सो अवसरमा मन्त्री खनालले नेपाल सरकारको प्राथमिकता सुशासन र आर्थिक वृद्धि रहेको जानकारी गराए । उनले  पूर्वाधार, ऊर्जा, पर्यटन र डिजिटल प्रविधिमा लगानीमार्फत मुलुकको समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको बताए। उपविदेशमन्त्री हुकरले नेपालको राष्ट्रिय विकासका प्राथमिकताहरूको प्रशंसा गर्दै ती क्षेत्रमा अमेरिकी सहयोग रहने आश्वासन दिइन् । 

दुई देशबीचको आठ दशक लामो सहकार्यात्मक सम्बन्धका बारेमा चर्चा गर्दै दुवै पक्षले द्विपक्षीय र बहुपक्षीय स्तरमा आपसी हितका लागि सहयोगलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्