०२ साउन २०८३, शनिबार

मंगलबजारमा दुई दिने नेवा महोत्सव [फोटोफिचर]

जेठ १५, २०८३
ललितपुर
मंगलबजारमा दुई दिने नेवा महोत्सव [फोटोफिचर]

यल नेवा समाज ललितपुरको आयोजनामा दुई दिने नेवा महोत्सव शुक्रबार मंगलबजारमा शुरू भएको छ । 

विश्वभर छरिएर रहेका नेवार समुदायले आफ्नो भाषा, कला र मौलिक संस्कृतिको प्रवर्द्धन गर्न विभिन्न समयमा नेवाः महोत्सव आयोजना गर्ने गर्दछन् ।

यो महोत्सवमा विषेश गरि पाटनका जातिय खलकहरूको हस्तकला, ताम्रकला, मूर्तिकला, प्रस्थरकलालगायत  आ-आफ्नो पहिचान प्रस्तुत गर्ने, मौलिक नेवारी खाना र संस्कृति प्रवर्द्धन गरिने यल नेवा समाजले जनाएको छ । 

यल नेवा समाजका अध्यक्ष नानी काजी शाक्यका अनुसार यो महोत्सव व्यापार मेला नभइकन विशुद्व पाटनका जातिय समाजको परम्परागत सिपको प्रस्तुति हो ।

पाटनमा २१ जातिय समाज छन् । महोत्सवमा बागमती प्रदेश सरकारले दिएको आदिवासी जनजाति सम्बन्धी अधिकारबारे गोष्ठी र नेवा लिपिको महत्वबारे पनि जानकारी दिइने आयोजकले जनाएको छ । 

महोत्सव ललितपुर महानगरपालिका वडा १६ को प्रायोजनमा भएको हो । 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

तस्वीहरू : सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी 

salt training

कमेन्ट गर्नुहोस्