
सरकारले बाँझो जग्गा व्यवस्थापनका लागि स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने घोषणा गरेको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई एग्रो पुलिङमा प्रोत्साहन गरिने जानकारी दिए ।
सरकारले कृषि उत्पादन वृद्धि र उपयोगविहीन जमिनको व्यवस्थापनलाई लक्षित गर्दै भूमि व्यवस्थापनसम्बन्धी कार्यक्रम अघि बढाउने जनाएको हो ।