
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) शुक्रबार नेपालमै उत्पादन भएको गोल्डस्टार जुत्ता लगाएर संसद् पुगे ।
शुक्रबार बजेट भाषणपछि संसद् बैठकबाट बाहिरिने क्रममा उनले सांसदहरूसँग हात मिलाउँदै छोटो भलाकुसारी पनि गरे ।
यसैक्रममा उनको रास्वपा सांसद विदुषी राणासँग भेट भयो ।
उक्त भलाकुसारीमा उनले आफूले लगाएको जुत्ता देखाउँदै 'मैले नेपालकै प्रोडक्ट लगाएको छु नि' भन्दै आफूले लगाएको जुत्ता देखाए ।
विदुषी गोल्डस्टार जुत्ता उत्पादन गर्ने कम्पनीकी मालिक हुन् ।
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी


