
प्रधानमन्त्री वालेन्द्र शाहले प्रश्नोत्तरका लागि भन्दै आकस्मिक समय लिएपछि विपक्षी दलहरूले नियमापत्ति जनाएका छन् ।
नियमावलीको प्रक्रियाबेगर नै सभामुख डोलप्रसाद अर्यालले आइतबार प्रधानमन्त्रीकै आग्रहमा आकस्मिक प्रश्नोत्तरका लागि समय दिएका हुन् ।
त्यसपछि नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल र नेकपा एमालेका ऐन महरले प्रश्नोत्तर कार्यक्रम नियमावलीको प्रक्रियाअनुसार नमिलेको बताए ।
नेपाली कांग्रेसका अर्जुननरसिंह केसीले पनि नाटकीय ढंगले प्रश्नोतर कार्यक्रम राखिएको बताए ।
यद्यपि, उनले मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा जिज्ञासा राखे ।