![३३ एसएसपीको सरुवा, काठमाडौँ र ललितपुरको कमान्ड परिवर्तन [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Home_Ministry_1_2rTVcA1JrO.jpg)
नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूको सरुवा भएको छ। गृह मन्त्रालयले सोमबारको मन्त्रीस्तरीय निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले एसएसपीहरूको सरुवा सूची सार्वजनिक गरेको हो।
जसअनुसार जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मेवारी एसएसपी दिलीप घिमिरेलाई दिइएको छ भने जिल्ला प्रहरी परिसर ललितपुरमा एसएसपी तुल बहादुर कार्कीको सरुवा भएको छ।
यस्तै, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को विशेष अपराध अनुसन्धान महाशाखामा एसएसपी अनुपम शमशेर ज.ब.रा. लाई पठाइएको छ।
सरुवा सूची अनुसार एसएसपी भुवेश्वर तिवारीलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ। त्यसैगरी, मानव बेचबिखन अनुसन्धान ब्यूरोमा एसएसपी कृष्णप्रसाद पंगेनी र लागु औषध नियन्त्रण ब्यूरोमा एसएसपी सुवास चन्द्र बोहरालाई पठाइएको छ।
विभिन्न प्रदेशका तालिम केन्द्र, अपराध नियन्त्रण महाशाखा र प्रधान कार्यालयका विभागहरूमा कार्यरत उच्च अधिकारीहरूलाई पनि हेरफेर गरिएको छ।