२५ असार २०८३, बिहीबार

'सुधन गुरुङ छानबिन समिति'ले माग्यो थप पाँच दिनको समय

जेठ १९, २०८३
काठमाडौं
'सुधन गुरुङ छानबिन समिति'ले माग्यो थप पाँच दिनको समय

रास्वपाका सांसद तथा पूर्व गृहमन्त्री सुधन गुरुङमाथि भइरहेको छानबिनको प्रतिवेदन तयार पार्न गठित समितिले सरकारसँग थप समय माग गरेको छ । 

प्रतिवेदन लेखनको काम नसकिएकाले समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सोमबार औपचारिक पत्र पठाएको हो । पत्रअनुसार समितिको म्याद पाँच दिन थप्न माग गरिएको छ । 

मन्त्रिपरिषद्ले वैशाख २८ गते पूर्व न्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई प्रारम्भिक रूपमा १५ दिनको समयसीमा दिइएको थियो । 

समितिका सदस्य नेउपानेका अनुसार तोकिएको समयमा आवश्यक तथ्य तथा प्रमाण सङ्कलनको काम सम्पन्न भएको र प्रतिवेदन तयार गर्न अझै समय चाहिएकाले थप समय माग गरिएको बताए । 

व्यवसायी दीपक भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा गरिएको सेयर लगानीबारे उठेका प्रश्नका आधारमा गुरुङमाथि छानबिन सुरु गरिएको हो। सोही विवादपछि उनी गृहमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्