२७ असार २०८३, शनिबार

भाजपा मुख्यालयमा रविलाई 'रेड कार्पेट'

जेठ १९, २०८३
काठमाडौं
भाजपा मुख्यालयमा रविलाई 'रेड कार्पेट'

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नयाँ दिल्लीस्थित भारतीय जनता पार्टी (भाजपा) मुख्यालय पुगेका छन् ।

उनलाई भाजपा मुख्यालयमा भव्य स्वागत गरिएको हो । 

उनलाई स्वागत गर्न मुख्यालय परिसरमा रातो कार्पेट बिछ्याइएको छ भने ठाउँ-ठाउँमा होडिङ बोर्डहरू राखिएको छ । 

लामिछानेले आज भाजपा मुख्यालयमा पार्टी अध्यक्ष नीतिन नवीनलगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने तालिका रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए । 

null

भेटवार्तामा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित हुने उनले बताए ।

पाँच दिने भ्रमणका क्रममा उनी सोमबार दिल्ली प्रस्थान गरेका थिए ।  उनी सोमबार नयाँदिल्ली पुगेका हुन्।

null

भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत गएका लामिछानेको दिल्ली विमानस्थलमा भाजपा महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए ।

रास्वपाका अनुसार लामिछानेले जुन ५ तारिखसम्म नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नेछन्। उनले भाजपा नेतृत्व, भारतस्थित नेपाली समुदाय तथा शुभेच्छुकहरूसँग भेटघाट गर्नुका साथै अयोध्याको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ।

सभापति लामिछानेको स्वागतमा नयाँ दिल्लीका विभिन्न स्थानमा लामिछानेको तस्वीर राखिएको छ ।

null

रविसँगै उनकी पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र प्रदीप आचार्य भारत भ्रमणमा छन् । 

यो पनि 

हिन्दुस्तान टाइम्समा रविको लेख- महत्वाकांक्षी नेपाल र उदाउँदो भारत पुन: कसरी जोडिन सक्छन् ?

 

 

salt training

कमेन्ट गर्नुहोस्