
प्रिमियम होम एस्थेटिक्सको क्षेत्रमा अग्रणी नाम कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो नयाँ र विशेष ब्रान्ड अभियान 'घरमा कजारिया, सबैले सोध्ने नै भयो नि !’ आधिकारिक रूपमा घोषणा गरेको छ। यो देशव्यापी अभियान २०८३ जेठ ११ देखि शुरू भएको छ ।
चर्चित ब्रान्ड एम्बेस्डरहरू रणवीर सिंह र रश्मिका मंदाना आबद्ध यस अभियानले आफ्नै घर हुनुको गर्विलो क्षणलाई उजागर गर्दछ।
यसले विश्वस्तरीय कजारिया टायल्सको प्रयोगले कसरी जुनसुकै घरलाई पनि एक उत्कृष्ट स्टाइल स्टेटमेन्टमा रूपान्तरण गर्छ, जसले पाहुनाहरूको प्रशंसा र चासोलाई सजिलै आकर्षित गर्दछ भन्ने कुरा प्रदर्शन गर्दछ।
प्रिमियम इन्टेरियर फिनिसिङ रोज्दा समाजमा पाइने पहिचान र प्रशंसा नै यस अभियानको मुख्य अवधारणा हो।
रणवीरको ऊर्जाशील व्यक्तित्व र रश्मिकाको आकर्षक शालीनताको उत्कृष्ट मेलमार्फत कजारियाका डिजाइनहरूले कसरी नेपाली घरहरूलाई अन्तर्राष्ट्रिय स्तरको भव्यता प्रदान गर्छन् भन्ने कुरा यस अभियानमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ।
