
काठमाडौंको भृकुटीमण्डपमा ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ हुँदैछ ।
'शिपिङको नयाँ ठेगाना’ नारासहित यही जेठ २९ देखि असार २ गतेसम्म चल्ने एक्स्पोमा १०० भन्दा बढी स्वदेशी तथा विदेशी ब्रान्ड सहभागी हुने आयोजक इभेन्ट सोलुसनले जनाएको छ । यसका साथै ३५ हजारभन्दा बढी आगन्तुकले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।
मेलामा एफएमसीजी, घरायसी सामग्री, इलेक्ट्रोनिक्स, फेसन, स्वास्थ्य तथा सौन्दर्य, प्रविधि, हस्तकला र गहनालगायतका उत्पादनहरू प्रदर्शन गरिने छन् ।
साथै, विशेष छुट, लक्की ड्र, उपहार तथा कला–हस्तकलासम्बन्धी इन्टरएक्टिभ गतिविधिहरू पनि रहनेछन् ।
आयोजकका अनुसार एक्स्पोले व्यवसाय-देखि-व्यवसाय (B2B) र व्यवसाय-देखि-उपभोक्ता (B2C) सञ्जाल विस्तारका लागि समेत अवसर प्रदान गर्नेछ।
मेला दैनिक बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुनेछ।