२३ जेठ २०८३, शनिबार

भाजपा अध्यक्ष नितिन नवीनसँग रवि लामिछानेको के भयो कुराकानी ?

जेठ १९, २०८३
काठमाडौं
भाजपा अध्यक्ष नितिन नवीनसँग रवि लामिछानेको के भयो कुराकानी ?

भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रतिनिधिमण्डलले भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेको छ ।

भाजपाको ‘नो बीजेपी’ (बीजेपी जान्नुहोस्) कार्यक्रमअन्तर्गत भाजपा मुख्यालयमा भएको भेटमा रास्वपा सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल सहभागी भएको थियो ।

भाजपाका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेका अनुसार भेटवार्तामा राष्ट्रिय तहदेखि बुथ तहसम्मको संगठनात्मक संरचना, सदस्यता वितरण प्रक्रिया, उम्मेदवार छनोट प्रणाली तथा तल्लो तहसम्म पार्टीको पहुँच विस्तार लगायतका विषयमा अनुभव आदानप्रदान भएको थियो । 

त्यसक्रममा भाजपा र रास्वपाबीच पार्टीगत सम्बन्ध र अन्तरपार्टी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि विचार आदानप्रदान भएको जनाइएको छ ।

भ्रमणका क्रममा रास्वपाको प्रतिनिधिमण्डलले भाजपा मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो । प्रतिनिधिमण्डललाई पार्टीको सञ्चार प्रणाली, सूचना व्यवस्थापन तथा ज्ञान स्रोतबारे जानकारी गराइएको डा. चौथाइवालेले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्