२३ जेठ २०८३, शनिबार

सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा चार जना पक्राउ

जेठ १९, २०८३
काठमाडौं
सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा चार जना पक्राउ

काठमाडौंमा सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका बस्ने धादिङ रूवी भ्याली गाउँपालिका-३ घर भएका २० वर्षीय एनोस तामाङ, २६ वर्षीय हेमन्त तामाङ, काठमाडौं तारकेश्वर नगरपालिका-७ टुसारचौर बस्ने नुवाकोट ककनी गाउँपालिका-२ घर भएका १९ वर्षीय लाक्पा तामाङ र काठमाडौं महानगरपालिका-१२ नरदेवी बस्ने भारत पश्चिम बंगाल प्रान्त हुग्ली घर भएका ५० वर्षीय शुकुमार पात्र रहेका छन् । 

तारकेश्वर नगरपालिका-८ जरङ्खुमा गत ११ गते स्कुटरमा आएका अपरिचित व्यक्तिहरूले एक जना महिलाको सुनको सिक्री लुटपाट गरेका थिए ।

घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रहेको आरोपमा उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो । 

साथै, प्रहरीले उनीहरूको साथबाट नगद ७५ हजार ८ सय रूपैयाँ र स्कुटर १ थान समेत बरामद गरेको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्