
भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेको छ।
भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य तथा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भारत भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटघाटमा व्यस्त रहेको छ।