२४ जेठ २०८३, आइतबार

होटलमा खाएको पैसा नतिरी व्यवसायी धम्काउने व्यक्ति पक्राउ

जेठ १९, २०८३
काठमाडौं
होटलमा खाएको पैसा नतिरी व्यवसायी धम्काउने व्यक्ति पक्राउ

भक्तपुरका विभिन्न होटल तथा रेस्टुरेन्टमा खाएको बिलको पैसा नतिरी उल्टै व्यवसायीलाई धाकधम्की दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ओखलढुङ्गाको लिखु गाउँपालिका वडा नं. ७ घर भई हाल काभ्रेको बुडोल बस्ने ३८ वर्षीय कुल बहादुर बस्नेत रहेका छन्। 

उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले मंगलबार मध्यपुर ठिमी नगरपालिका–१, मनोहरापुल नजिकैबाट नियन्त्रणमा लिएको हो।
बस्नेतले ठिमी क्षेत्रमा रहेका विभिन्न होटल तथा बर्गर हाउसहरूमा खाजा-खाना खाएपछि पैसा नतिर्ने र व्यवसायीहरूले पैसा माग्दा उल्टै धाकधम्की दिई ठगी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका बस्नेतलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त ठिमीमा राखिएको छ। 

salt training

कमेन्ट गर्नुहोस्