
नेपालको अग्रणी इन्टरनेट र टेलिभिजन सेवा प्रदायक कम्पनी भियानेट कम्युनिकेसन्सले विश्वकप फुटबलका लागि 'अब स्टेडियम घरमै, मनोरञ्जन अब घरमै' भन्ने मुख्य नाराका साथ आफ्नो नयाँ अफर सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकहरूले अत्याधुनिक प्रविधियुक्त वाइफाइ ६ इन्टरनेट, भियाटीभीको मनोरञ्जन र आसन्न फुटबल विश्वकप २०२६ का खेलहरू घरमै बसेर रङ्गशालाकैजस्तो अनूभूतिमा लाइभ हेर्न सक्ने छन् ।
भियानेटले करसहित मात्र १३ हजार ८०० रुपैयाँ वार्षिक शुल्कमा २५० एमबीपीएस गतिको आफ्नो नवीनतम वाइफाइ ६ प्रविधिको इन्टरनेट प्याकेज उपलब्ध गराइरहेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले २ हजार ८२५ रुपैयाँ बराबरको एक पटक लाग्ने वाइफाइ ६ ओएनयू जडान शुल्क पूर्ण रूपमा छुट पाउने छन् भने मात्र एक हजार रुपैयाँ फिर्ता हुने (रिफन्डेबल) ओएनयू धरौटी रकम भुक्तानी गरे पुग्नेछ । यो प्याकेज घरमै बसेर आधुनिक र तीव्र गतिको भरपर्दो इन्टरनेटमार्फत मनोरञ्जन लिन चाहने ग्राहकहरूका लागि उपयुक्त छ ।
इन्टरनेट प्याकेजसँगै ग्राहकहरूले करसहित मात्र २५० रुपैयाँ प्रतिमहिनामा भियाटीभी सेवा पनि थप गर्न सक्ने छन् । भियाटीभीमा २०० भन्दा बढी च्यानलहरू, लाइभ टिभी प्ले/पज, प्रोग्राम गाइड, मुभी तथा सिरिजहरू जस्ता थुप्रै मनोरञ्जनात्मक सुविधाहरू उपलब्ध छन् । यसका साथै वार्षिक प्याकेज खरिद गर्ने ग्राहकहरूले पहिलो सेट-टप बक्सका लागि लाग्ने २,२६० रुपैयाँ बराबरको एक्टिभेसन शुल्क छुट पाउने छन् भने यसमा पनि मात्र १,००० रुपैयाँ फिर्ता हुने धरौटी बुझाउनुपर्नेछ ।
कम्पनीले ग्राहकहरूलाई थप सहुलियत दिन 'डामी एप'सँग पनि व्यावसायिक साझेदारी गरेको छ । यसअन्तर्गत भियानेटको वार्षिक प्याकेज नवीकरण (रिन्यु) गर्ने ग्राहकहरूले १,५०० रुपैयाँ मूल्य बराबरको १ वर्षको डामी एप सब्सक्रिप्सन पूर्ण रूपमा निःशुल्क प्राप्त गर्ने छन् । डामी एपमार्फत ग्राहकहरूले विभिन्न रेस्टुरेन्ट, कपडा पसल, सैलुन र रिटेल स्टोरहरूमा विशेष छुट प्राप्त गर्न सक्ने छन् । यो योजना हाल डामी एपको सेवा उपलब्ध रहेका काठमाडौँ, पोखरा र चितवनका ग्राहकहरूका लागि मात्र लागु हुनेछ ।
यसका साथै भियाटीभीका ग्राहकहरूले अब भियानेटमार्फत नै फुटबल विश्वकप २०२६ हेर्न आवश्यक पर्ने कुपन सिधै खरिद गर्न सक्ने व्यवस्था गरिएको छ । नेपालका लागि फुटबल विश्वकप २०२६ को आधिकारिक प्रसारण अधिकार 'हिमालय टिभी' सँग सुरक्षित छ । हिमालय टिभीले तोकेको दरअनुसार ग्राहकहरूले प्रतिटिभी ९९९ रुपैयाँ भुक्तानी गरी कुपन खरिद गर्न सक्ने छन् र भियाटीभीको 'हिमालय स्पोर्ट्स च्यानल' मार्फत खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न पाउने छन् ।