२१ जेठ २०८३, बिहीबार

डोटीका रविन्द्र १५ दिनदेखि बेपत्ता, मोबाइलको अन्तिम लोकेसन सिंहदरबार

जेठ २१, २०८३
काठमाडौं
डोटीका रविन्द्र १५ दिनदेखि बेपत्ता, मोबाइलको अन्तिम लोकेसन सिंहदरबार

डोटीको शिखर नगरपालिका–१ घर भएका १६ वर्षीय रविन्द्र शाही १५ दिनदेखि सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार एसईई परीक्षा दिएपछि रोजगारीका लागि काठमाडौं आएका रविन्द्र अनामनगरस्थित सिलौटो रेस्टुरेन्टमा काम गर्दै आएका थिए । तर, जेठ ५ गतेदेखि उनी परिवार तथा आफन्तको सम्पर्कमा छैनन् । 

रविन्द्रको उचाइ करिब ५ फिट रहेको, वर्ण गहुँगोरो रहेको परिवारले जनाएको छ। परिवारले प्रहरीलाई दिएको जानकारीअनुसार उनको मोबाइल फोनको अन्तिम लोकेसन सिंहदरबार क्षेत्र देखिएको थियो । त्यसयता उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

आफन्तजनले रबिन्द्रलाई कतै देख्नुभए वा उनको बारेमा कुनै जानकारी भएमा नजिकको प्रहरी कार्यालय वा परिवारलाई तत्काल जानकारी गराइदिन आग्रह गरेका छन्।

salt training

कमेन्ट गर्नुहोस्