२८ जेठ २०८३, बिहीबार

एसपी ध्रुव कुमार श्रेष्ठको ईन्टरपोल शाखामा पदस्थापन, लुम्बिनी प्रदेशमा काज खटाइयो

जेठ २२, २०८३
काठमाडौं
एसपी ध्रुव कुमार श्रेष्ठको ईन्टरपोल शाखामा पदस्थापन, लुम्बिनी प्रदेशमा काज खटाइयो

प्रहरी उपरीक्षक (एसपी) ध्रुव कुमार श्रेष्ठको नयाँ पदस्थापन तथा काज सरुवा भएको छ। गृह मन्त्रालय (सचिवस्तर) को जेठ २१ गतेको निर्णयअनुसार उनलाई गृह मन्त्रालयले बढुवा गरेसँगै ईन्टरपोल शाखा, नक्सालमा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले शुक्रबार जनाएको छ । 

यसअघि कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरको बजेट शाखामा कार्यरत रहेका श्रेष्ठलाई पदस्थापनसँगै लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङमा काज सेवाका लागि खटाइएको छ। प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार रिक्त रहेको दरबन्दीमा उनलाई पठाउने निर्णय भएको हो।
यसअघि लुम्बिनी प्रदेशमा कार्यरत रुपेश खड्काको सरुवा भएपछि रिक्त भएको स्थानमा श्रेष्ठलाई पठाइएको प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्