२६ जेठ २०८३, मंगलबार

सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु

जेठ २५, २०८३
काठमाडौं
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु

रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर स्थित समनपुर–गरुडा सडकखण्डमा आज बिहान सवारी साधनले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढीमाई नगरपालिका—९ मलाहीटोलका ४३ बर्षिय प्रमोद सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए । 

ठक्कर दिने सवारी साधनको पहिचान नभएको र खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको बाँया खुट्टा साइकलको ह्यान्डलमा अड्किएको अवस्थामा रहेको तथा टाउकोमा चोट देखिएको छ । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्