
खाद्यपदार्थ प्लास्टिकमा प्याकेजिङ गर्ने प्रचलन बढेसँगै यसले जनस्वास्थ्यमा जोखिम बढाएको देखिएको छ । सजिलो र सस्तोका लागि जथाभावी प्लास्टिकमा प्याकेजिङ गरेर बिक्री गर्ने चलनले नसर्ने रोगको जोखिम बढाउने विभिन्न अध्ययनले देखाएका छन् ।
उचित तापक्रम व्यवस्थापन हुन नसक्दा प्लास्टिकका भाँडा वा प्याकेटमा राखिएका खानेकुराले मानव शरीरमा गम्भीर रोगको जोखिम निम्त्याउने विज्ञहरू बताउँछन् । ‘हेल्थ इन्भारोमेन्ट क्लाइमेट एक्सन फाउन्डेसन’ ले केही समयअगाडि गरेको अध्ययनमा कम गुणस्तरका प्लास्टिक र उच्च तापक्रममा गुणस्तरीय प्लास्टिकमै पनि प्याकेजिङ गरिएका खाद्यवस्तु उपभोग गर्नेमा नसर्ने रोगको जोखिम बढी हुन्छ । परम्परागत रूपमा प्रयोग हुँदै आएका पात, कपडा र माटोका भाँडाको सट्टा आधुनिकता र सहजताका लागि प्लास्टिक प्रयोग बढिरहेको छ । गोरखापत्रमा खबर छ ।