२६ असार २०८३, शुक्रबार

ठेचोबाट ब्रम्हायणी देवीको मुर्ती चौथोपटक चोरी

पुस २६, २०७४
ठेचोबाट ब्रम्हायणी देवीको मुर्ती चौथोपटक चोरी

ललितपुर २६ पुस– ललितपुरको गोदावरी नगरपालिका वडा नम्वर १२ ठेचो स्थित क्वे लाक्षी मन्दिरमा रहेको ब्रम्हायणी देवीको मुर्ति चौथो पटक चोरी भएको छ । उक्त मुर्तिलाई योमरी पुन्हीको जात्रामा खटमा (रथ) मा राखेर चापागाउँको बिभिन्न स्थान परिक्रमा गराईने प्रचलन रहेको छ ।

पौष १९ गते जात्रा सकेर राखिएको प्राचिन मुर्ति एकाएक गायव भएपछि स्थानीय तथा गुठीका नाइके समेत चिन्तित छन् । गुठिका पाला कृष्ण गोपाल मालीका अनुसार बिहान ५ बजे सरसफाई गर्न मुर्ति राखिएको कोठाको ढोका खोल्दा सो स्थान मा मुर्ति गायब भएको थियो । मालीका अनुसार २०७२ सालको भूकम्पले मन्दिर जिर्ण बनेपछि सो मन्दिरलाई नजिकै सारिएको थियो ।

सोहि स्थानबाट यसअघी पनि ३ पटक मुर्ति चोरी भईसकेको थियो । स्थानीय गुठीका नाइके तुलसी महर्जनका अनुसार पछिल्लो पटक २०४१ सालमा मुर्ति चोरी भएको थियो । ‘पछिल्लो पटक २०४१ सालमा चोरी भएको थियो, त्यस आगाडी चोरी हुँदा म सानै थिए मिति खास्सै याद भएन’ गुठी नाइके महर्जनले लोकन्तरसँग भने, ‘ ०४१ साल पहिले पनि २ पटक चोरी भएको थियो ।’ मुर्ति चोरीएपछि दुइ गाउँ र समुदायबीच झगडा हुने गरेको मन्दिरका पुजारीले बताए । 

ब्रम्हायणी देवीलाई नेवार समुदायमा ठूलो आस्थाको रुपमा मान्दै आएको पाईन्छ । डेढ फिट उचाईको पित्तलको मूर्तिमा सुनको जलप लगाइएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी बृत्त चापागाँउका प्रमुख प्रहरी नायव उपरीक्षक रवीन्द्र रेग्मीले चाडै नै मुर्ति चोरलाई समात्ने लोकान्तरलाई बताए । 

salt training

कमेन्ट गर्नुहोस्