११ असार २०८३, बिहीबार

भिरबाट लडेर बाजुरामा एक जनाको मृत्यु

असार ११, २०८३
काठमाडौं
भिरबाट लडेर बाजुरामा एक जनाको मृत्यु

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–३ जुकोटमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँका ३४ वर्षीय सागरबहादुर शाही रहेका छन् । उनी जुकोटबाट जोरुतर्फ जाने बाटोको करिब २० मिटर तल भिरमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका थिए ।

घटनाबारे मृतकका दाजु कृष्णबहादुर शाहीले बिहान ६:५५ बजे इलाका प्रहरी कार्यालय स्वामिकार्तिकमा जानकारी गराएका थिए ।

सूचना प्राप्त हुनासाथ प्रहरी वरिष्ठ नायब निरीक्षक चन्द्रबहादुर कठायतको कमान्डमा दुई जना र त्यसपछि प्रहरी निरीक्षकको कमान्डमा सोको टोलीसहित पाँच जना प्रहरी खटिएका थिए ।

घटनास्थल इलाका प्रहरी कार्यालय स्वामिकार्तिकबाट करिब १८ किलोमिटर पूर्वमा पर्छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका इन्स्पेक्टर नरेशबहादुर शाहीले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्