
जारी फिफा विश्वकप २०२६ मा इंग्ल्यान्ड समूह ‘एल’ को विजेता बनेको छ ।
नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा पानामालाई २–० ले हराएको इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा इंग्ल्यान्डले ६२औं मिनेटमा अग्रता लिएको थियो । जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डको खाता खोले ।
त्यसको ५ मिनेटपछि कप्तान ह्यारी केनले गोल गरे । त्यसपछि खेल अवधिभर दुवैतर्फबाट गोल हुन सकेन छ ।
समूह ‘एल’ को आइतबार नै भएको अर्को खेलामा घानालाई हराउँदै क्रोएसिया पनि नकआउट चरणमा प्रवेश गरेको छ ।
क्रोएसियाले घानालाई २–१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणको यात्रा तय गरेको हो ।
क्रोएसियाको जितमा पेटार सुचिच र निकोला भ्यासिचले उत्कृष्ट गोल गरे ।
क्रोएएसियाले ३१ औं मिनेटमा अग्रता लिएको थियो । क्रोएसियाका लागि पिटर सुसिकले गोल हानेका थिए ।
यस्तै, ७३ औं मिनेटमा घानाका डेरिक लक्कासेनले गोल प्रहार गर्दै खेल बराबरीमा ल्याए ।
त्यसपछि ८३ औं मिनेटमा निकोला भ्लासिचले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए ।
जितसँगै समूह ‘एल’मा क्रोएसियाले एक हार र दुई जित निकाल्दै ६ अंक जोडेर उपविजेता बन्न पुग्यो ।