२१ असार २०८३, आइतबार

जलविरेमा सुख्खा पहिरो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

असार १८, २०८३
भरतपुर
जलविरेमा सुख्खा पहिरो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलविरे नजिक सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

बिहीबार दिउँसो पहिरोले अवरुद्ध सडक हटाएर यातायात सञ्चालनमा ल्याउने काम भइरहेको छ ।

सडक डिभिजन भरतपुरका अनुसार पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउन तैनाथ अवस्थामा रहेको यान्त्रिक उपकरणमार्फत काम भइरहेको छ।

थप उपकरण पनि घटनास्थलतर्फ पठाइएको सडक डिभिजन कार्यालयले जनाएको छ।

साथै, डिभिजनले सडकमा रोकिएका सवारीसाधनका चालकलाई आफ्नो लेन अनुशासन पालना गर्न आग्रह गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्