२१ असार २०८३, आइतबार

बुटवल–नारायणगढ सडकमा कालोपत्र सम्पन्न, यात्रामा सहज

असार १९, २०८३
बुटवल
बुटवल–नारायणगढ सडकमा कालोपत्र सम्पन्न, यात्रामा सहज

बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत पूर्वी खण्डको कालोपत्र सकिएको छ।

पूर्वी खण्डमा पर्ने दाउन्नेदेखि गैँडाकोटसम्म ६५ किलोमिटर कालोपत्र र ढलान सकिएको हो ।

बुटवल–नारायणगढ सडक आयोजना पूर्वी खण्डका अनुसार अहिलेसम्म भौतिक प्रगति ९२ प्रतिशत पूरा भएको छ। गत वर्ष आजैका दिन (असार १९ गते) विनयी त्रिवेणी खोलामा पुल निर्माण गरी गाडी सञ्चालनमा आएका थिए।

अब पूर्वी खण्डमा साजसज्जा र डिभाइडरमा फूल रोप्ने काम मात्र बाँकी छ। पश्चिम खण्डको दाउन्नेमा केही मात्र र फाटफुट मात्र काम बाँकी छ।

११४ किलोमिटर सडक ७ वर्षअघि निर्माण शुरू भएको थियो।

कालोपत्र भएसँगै बुटवल–नारायणगढ सडकको यात्रा सहज भएको छ।

salt training

कमेन्ट गर्नुहोस्