२६ असार २०८३, शुक्रबार

बल्खुमा यात्रुलाई जबरजस्ती गाडीमा चढाउने १७ जना प्रहरीको नियन्त्रणमा

असार २५, २०८३
काठमाडौं
बल्खुमा यात्रुलाई जबरजस्ती गाडीमा चढाउने १७ जना प्रहरीको नियन्त्रणमा
फाइल तस्वीर

लामो समयदेखि काठमाडौँको बल्खु क्षेत्रमा सर्वसाधारण तथा यात्रुलाई जबरजस्ती गाडीमा हाल्ने, सामान झोला तान्ने र दुःख हैरानी दिने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

अनावश्यक रूपमा दुःख र हैरानी दिएको भन्ने पैदलयात्रीको गुनासोका आधारमा काठमार्डौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकका सुमन लामा, बाराका अजयराम महरा र कलाम हवारी, पर्साका तीर्थ मल्लिक, उदयपुरका बस्नेत कार्की र सर्लाहीका सिकिन्दर महतो रहेका छन् । 

यस्तै, काभ्रेपलाञ्चोकका अर्जुन लामा, सुरेन्द्र तामाङ र साजन मगर, मकवानपुरका महेश राई, चितवनका रामकृष्ण गिरी, कीर्तिपुरका सन्तोष स्याङ्तानलगायत छन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता कार्कीले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्